
काठमाडौँ, ३ चैत । एनआईसी एसिया बैंक म्याग्दी शाखा प्रमुख र कार्यकारी सहायक कुटिएका छन् । कर्जा असुलीको क्रममा विवाद हुँदा पर्वतको म्याग्दी शाखा कार्यालयका प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि सांघातिक आक्रमण भएको हो। बिहिबार आक्रमणमा परेका आले गंभिर घाइते भएका छन् ।
पछिल्लो समय बैंक तथा वित्तिय संस्थाका कर्मचारी माथि हुने गरेको यस्ता किसिमको सांघातिक आकूमणका बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को ध्यानाकर्षण भएको बताएको छ ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्था र यसका कर्मचारीहरुमाथि दुर्व्यवहार गर्ने, लुटपाट गर्ने, कार्यालय बन्द गर्न धम्की दिने जस्ता अराजक गतिविधि र आक्रमण गर्ने जस्ता कार्यहरु भएकोप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले गंभिर ध्यानाकर्षण भएको जनाएको छ ।
सिबिफिनले निहित स्वार्थ पूर्तिका लागि बैंकिङ जस्तो संवेदनशील एवं अत्यावश्यक क्षेत्रमाथिको ज्यादति र निमुखा कर्मचारीको ज्यानै लिने उद्देश्यसहित घटाइएका यस्ता घटनामा संलग्न दोषीहरुलाई हदैसम्मको कारवाही गर्न समेत गृह मन्त्रालय गृह मन्त्रालय र मातहतका सुरक्षा निकायसंग माग गरेको छ ।
‘जाजरकोट जिल्लामा कर्मचारीमाथि गरिएको दुर्व्यवहार, मकवानपुर जिल्लास्थित कुमारी बैंकको शाखा कार्यालयमा गरिएको धरपकड र ज्यादतिको श्रृंखला आज ज्यान लिने गरी घटाइएको छ, ‘विज्ञप्तिमा भनिएको छ, ‘यसै सन्दर्भमा चैत्र २ गते म्याग्दी जिल्लास्थित एनआइसी एशिया बैंकको शाखा कार्यालयका शाखा प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि नियोजित रूपमा गरिएको सांघातिक आक्रमण गरी गंभिर घाइते बनाइएको घटनाको सिबिफिन घोर भत्सर्ना गर्दछ।’
बिज्ञप्तिमा भनिएको छ,’वार्ता तथा संवादको माध्यमबाट कुनै पनि समस्याको उचित समाधान निकाल्नका लागि आवश्यक पहल गर्न र बैंकिङ सेवालाई भयरहित वातावरणमा संचालनका लागि आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाउनका लागि नेपाल सरकार, गृह मन्त्रालय, नेपाल राष्ट्र बैंक, मातहतका सुरक्षा निकाय र सम्बन्धित सबैमा बारम्बार अपिल गरिरहेकै बखतमा बैंकका कर्मचारी माथि गरिएका यस्ता निर्मम एवं हिंस्रक घटनाले नेपाल सरकारको शान्ति सुरक्षाको व्यवस्थाको खिल्ली उडाएको र समग्र अर्थव्यवस्थामाथि नै प्रहार भएको अनुभूत भएको छ ।’
‘आन्तरिक तथा बाह्य कारणबाट देशको अर्थतन्त्र नै अत्यन्तै जोखिमपूर्ण अवस्थाबाट गुज्रिरहेको वर्तमान अवस्थालाई समेत मनन गरी बैंकिङ सेवालाई निर्वाध रूपमा सञ्चालन हुने वातावरण सृजना गर्न र आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाउन नेपाल सरकार, गृह मन्त्रालय, नेपाल राष्ट्र बैंक, सुरक्षा निकायसहित सम्बन्धित सबैमा पुनः हार्दिक अपिल गर्दछौं, ‘विज्ञप्तिमा भनिएको छ ।’
यसअघि पनि मकवानपुर जिल्लास्थित कुमारी बैंकको शाखा कार्यालयमा धरपकड गरिएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे