
काठमाडौँ, २० पुस । नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान पारस खड्काले नेपाल टी–२० लिगमा भएको म्याच फिक्सिङको निष्पक्ष छानविनको माग गरेका छन् ।
खड्काले सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्टाटस लेख्दै म्याच फिक्सिङको खबरले स्तब्ध भएको बताउदै यस्तो माग गरेका हुन् ।
यो.घट्नाले खेलाडीहरुको बर्षौं देखिको लगाव , खेलप्रेमीहरुको निःस्वार्थ प्रेम र यस खेलमा समर्पित सरोकारवालाहरुको विश्वासलाई चोट पुर्याएको बताएका छ।
उनले सामाजिक सञ्जालमा लेखेखका छन्, ‘नेपाल क्रिकेटले विभिन्न अध्याय,संघर्ष र खुड्किलाहरु पार गर्दै राम्रो स्वरुप लिने क्रम जारी छ । यो अनवरत यात्रा र उतारचडावकै बीच Nepal T-20 League मा SPOT FIXING जस्तो गम्भीर अपराध भएको खबरले स्तब्ध बनाएको छ। खेलाडीहरुको बर्षौं देखिको लगाव , खेलप्रेमीहरुको नि:स्वार्थ प्रेम र यस खेलमा समर्पित सरोकारवालाहरुको विश्वासलाइ यस घटनाले यो खेल संग सम्बंधित सबैलाइ चोट पुर्याएको छ। यो अपराधको निष्पक्ष छानविन गरेर दोषीलाइ कडा कारवाही गरियोस ।’
मंगलबार विराटनगर सुपर किङ्ग्सविरुद्धको खेलपछि पत्रकार सम्मेलनमा कप्तान ज्ञानेन्द्र मल्लले नेपाल टी–२० लिग खेलीरहेकाका एक खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको बताएका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे