
काठमाडौँ । आज संघीय संसद्का दुवै सदन—प्रतिनिधि सभा र राष्ट्रिय सभा—को बैठक बस्दैछ। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे सिंहदरबारमा सुरु हुनेछ। आजको बैठकमा डोलप्रसाद अर्याललाई सभामुख बनाउने प्रस्ताव औपचारिक रूपमा निर्णय गरिनेछ। उनी यसअघि नै निर्विरोध रूपमा चयन भइसकेका हुन्। उनको प्रस्ताव रवि लामिछानेले गरेका हुन् भने स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्सालले समर्थन गरेका छन्।
त्यसैगरी, राष्ट्रिय सभाको बैठक दिउँसो १२ः१५ बजे बस्नेछ। उक्त बैठकमा विभिन्न समितिका सदस्यहरू थप्ने वा परिवर्तन गर्ने, साथै आवश्यक परे बैठक सञ्चालन गर्ने सदस्य तोक्ने काम हुनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे