
काठमाडौँ । प्रतिनिधि सभा सदस्यको निर्वाचन फागुन २१ गते हुने भएकाले राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरूले शपथ भने त्यसपछि मात्रै लिने भएका छन्। निर्वाचनकै दिनबाट १८ जना नयाँ सदस्यको कार्यकाल सुरु हुने भए पनि सोही दिन मतदान हुने भएकाले शपथ कार्यक्रम पछि सारिएको हो।
सङ्घीय संसद् सचिवालयका अनुसार हालका १९ सदस्यको कार्यकाल फागुन २० गते सकिँदैछ। नयाँ सदस्यको कार्यकाल फागुन २१ गतेदेखि नै गणना हुनेछ, तर शपथ भने फागुनको अन्तिम साता हुने तयारी छ।
संसद्को अर्को अधिवेशन सुरु भएपछि शपथ लिएका सदस्यहरूले औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नेछन्। हाल राष्ट्रिय सभामा दुई सदस्यको पद रिक्त रहेको जानकारी पनि सचिवालयले दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे