काठमाडौँ, १३ असार । नवनियुक्त मन्त्रीहरूले आज शपथ लिने भएका छन्।
आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा नेकपा एकीकृत समाजवादीका नयाँ मन्त्रीहरु समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेकी थिइन्।
नवनियुक्त मन्त्रीहरुको शपथ आज विहान ११ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।
नयाँ मन्त्रीहरूमा संस्कृति, पर्यटन तथा नागरिक उड्यननमा जीवनराम श्रेष्ठ, सहरी विकासमा मेटमणि चौधरी, स्वास्थ्यमा भवानी खापुङ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसी नियुक्त भएका छन्।
लामो रस्साकस्सि विच हुन लागेको मन्त्रि हेरफेरमा नेकपा एसका पर्यटन मन्त्रि प्रेम आले र शहरी विकास मन्त्रि रामकुमारी झाँक्रीले पत्रकार सम्मेलन मार्फत राजिनामा दिएको घोषणा गरेका छन् । श्रममन्त्रि किसान श्रेष्ठ र स्वास्थ्य मन्त्रि विरोध खतिवडाले भने राजिनामा घोषणा गरेका छैनन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे