
काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई बिहीबार गृह मन्त्रालयमा आयोजित विशेष समारोहमा दर्ज्यानी चिन्ह (फुली) प्रदान गरिएको छ। गृह सचिव रामेश्वर दंगालले उनलाई फुली लगाइदिएका हुन्।
कार्कीलाई सोमबार मन्त्रिपरिषद्ले देशको ३३औं प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो। पूर्व–आईजीपी चन्द्र कुवेर खापुङको ३० वर्षे सेवा अवधि सकिएपछि कार्कीलाई नेतृत्वको जिम्मेवारी दिइएको हो।
२०५४ चैतमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका कार्की हालैसम्म उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख थिए। जेन–जी आन्दोलनपछिका उपत्यकाको सुरक्षा व्यवस्थापन सुदृढ गर्न उनलाई गत भदौ २४ गते उपत्यका प्रहरी प्रमुख नियुक्त गरिएको थियो।
गृहमन्त्रीको सिफारिसमा आईजीपी बनेका कार्कीलाई अनुशासित, कार्यकुशल र परिणाममुखी अधिकृतका रूपमा चिनिन्छ। यदि सेवा अवधि पूरा गरे, उनी २०८४ चैतसम्म आईजीपी रहनेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे