
काठमाडौँ, १२ चैत । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले दर्ज्यानी चिह्न लगाएका छन् ।
गृहमन्त्रालयमा आयोजित एक समारोहबीच गृहसचिव विनोदप्रकाश सिंहले उनलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त आईजीपीमा कुँवरलाई नियुक्त गरेको थियो ।
नवनियुक्त आईजीपी कुँवरले आजदेखि औपचारिक रूपमा नेपाल प्रहरीको नेतृत्व सम्हाल्ने भएका हुन् ।
यसअघि धिरजप्रताप सिंहले ३० वर्षे सेवाहदका कारण शुक्रबारदेखि महानिरीक्षकबाट अवकाश पाउनु भएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे