• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन २७, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सार्वजनिक खरिद, परामर्श, सफ्टवेयर,आयोजना र वित्तीय व्यवस्थापनमा अनियमितता

५८ मिनेट अघि
२

घरायसी उपभोक्तालाई प्राथमिकता दिन आयल निगमको निर्देशन

१६ घण्टा अघि
३

वायु प्रदूषण बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

१८ घण्टा अघि
४

अर्थमन्त्री खनालले गरे राहदानी फिर्ता

२0 घण्टा अघि
५

चुनावको परिणामपछि पनि उज्यालो नेपालले अघि बढ्छ:कुलमान घिसिङ

२0 घण्टा अघि
६

भुटान र बंगलादेशका प्रधानमन्त्रीले दिए रवि र बालेनलाई बधाई

२१ घण्टा अघि
७

स्थानीय तहले दोहोरो भत्ता वितरण गर्दै करोडौंको खर्च

२१ घण्टा अघि
८

पर्वतारोहण रोयल्टी सङ्कलनमा नेपाल पर्वतारोहण सङ्घको जिम्मेवारी

२२ घण्टा अघि
९

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट

२२ घण्टा अघि
१०

रास्वपाले समानुपातिकमा कटायो ५० लाख मत ,अन्य दलको कति?

२२ घण्टा अघि
११

श्रमदानमार्फत दार्चुलामा तुइन हटाएर झोलुङ्गे पुल निर्माण गर्ने हर्क साम्पाङको घोषणा

२२ घण्टा अघि
१२

वायु प्रदूषण बढ्दै: काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर

२३ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
नेपाल नक्साप्रकाशित मिति: २०८० चैत्र १, बिहिबार (१ साल अघि)

दलाल र विचौलियालाई निरुत्साहित गर्न नवनियुक्त गृहसचिव अर्यालको निर्देशन

  • 2,050 Views
  • काठमाडौँ, ०१ चैत्र ।नवनियुक्त गृहसचिव एकनारायण अर्यालले गृह मन्त्रालय र गृह प्रशासन कमजोर भयो भने मुलुकको समग्र शासन कमजोर हुने बताएका छन् । पदवहालीसँगै मन्त्रालय अन्तर्गतका कर्मचारीहरुलाई बुधबार निर्देशन दिँदै गृह सचिव अर्यालले गभर्नेन्सलाई ड्राइभ गर्ने प्रमुख निकाय नै गृह प्रशासन भएको बताए ।

    गृहसचिव अर्यालले माथि दलालहरुमा आफू अनुकूलको नीति बनाउन र त्यो लागू गराउन खोज्ने प्रवृत्ति रहेको, अनि तल बिचौलियाले काम गराइदिन्छु भनेर पैसा लिएर कर्मचारीलाई प्रभावमा पार्ने प्रवृत्ति रहेको भन्दै यसलाई निरुत्साहित गर्नुपर्ने बताए ।

    गभर्नेन्सलाई ड्राइभ गर्ने प्रमुख निकाय गृह प्रशासन भएको बताउँदै सचिव अर्यालले गृह मन्त्रालय र गृह प्रशासन कमजोर भयो भने मुलुकको समग्र शासन व्यवस्था नै कमजोर हुने बताए ।

    ‘कसैले काम गर्न सकेन भने गृह मन्त्रालय छ भन्ने गरिन्छ,’ गृह सचिव अर्यालले भने, ‘र नतोकिएको काम गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीले गर्नुपर्ने हुन्छ ।’ गृह प्रशासनमा धेरै चुनौती रहेको तर सामुहिक प्रयासबाट त्यो सामना गर्न अहिलेको टिम सक्षम भएको उनको उनको भनाइ थियो ।

    सार्क सम्मेलन, संविधान घोषणा, भूकम्प, नाकाबन्दीलगायत विषम परिस्थितिको अनुभवले पनि अहिले काम गर्न सकिने र नागरिकले महसुस हुने गरी सरकारको उपस्थिति देखाउन काममा लाग्नुपर्ने सचिव अर्यालले बताए ।

    उनले गृह अन्तर्गतका कुनै पनि अधिकारीलाई कुनै पनि समस्याबाट पन्छिने छुट नभएको बताए । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धानलगायत विभिन्न निकायहरु रहेको बताउँदै गाउँ गाउँसम्म रहेको उपस्थितीलाई गर्विलो बताउनु पर्ने सचिव अर्यालको भनाई छ । ‘गाउँगाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थिति छ’ उनले भने ‘यसको अर्थ सरकारको उपस्थिति त्यहाँ छ । यो उपस्थितिलाई प्रभावकारी ढंगको बनाउनुपर्ने छ ।’

    शान्ति सुरक्षा कायम गर्नुपर्ने, अपराध नियन्त्रण, लागू औषध नियन्त्र, सीमा सुरक्षालगायतमा काम गर्नुपर्ने बताउँदै सीमामा हुने विकृति विसंगतीहरु रोक्न नयाँ रणनीति बनाएर अघि बढ्ने बताए । सरकारका सुरक्षा निकायबिच समन्वय नहुँदा रेभिन्यु घटेको भन्दै हिजो किन रेभिन्यु बढी हुने आज कम हुने ? उनको प्रश्न छ ‘यो रसिया र युक्रेनको युद्धका कारण कम भएको होइन नि !’

    आफ्नो संयन्त्रहरुलाई प्रभावकारी रुपमा परिचालन गर्न नसक्दा र अविश्वासको वातावरणका कारण प्रभावकारी नतिजा हासिल हुन नसकेको भन्दै गृह सचिव अर्यालले निकाय र व्यक्तिमाथि अविश्वासको वातावरण हुँदा यसको प्रभाव अर्थतन्त्र र सुरक्षामा पनि देखिएको र त्यो चुनौतीलाई फेस गर्न आजकै दिनदेखि जुट्नुपर्ने सचिव अर्यालको भनाई छ ।

    गृह सचिव अर्यालले स्रोतसाधनहरुको अभाव रहेको भन्दै त्यसको परिपूर्तिका लागि आफूले आफ्नो भूमिका निर्वाह गर्ने प्रतिवद्धतासमेत जनाएका छन् । ‘प्रहरी र सशस्त्र प्रहरीलाई बस्ने ठाउँ छैन । प्रहरीहरु दुःखका साथ बसिरहेका छन्’ सचिव अर्यालले भने ‘ट्राफिक प्रहरीहरु मोटिभेट भएर ड्युटी गर्न सकिरहेका छैन । उनीहरुलाई हामीले मोटिभेट गर्न सकिरहेका छैनौँ । क्षमता विकास गर्न सकिरहेका छैनौँ ।’

    सुरक्षा निकायमा लगानी गर्नुुपर्नेबारे उपप्रधान एवं गृहमन्त्रीसँग आफूले कुरा राखिसकेको बताउँदै गृह सचिव अर्यालले रेभिन्यू उठाउनेतर्फ पनि गृह प्रशासन सक्रिय भूमिका निर्वाह गर्ने बताए । ‘सुरक्षा निकायमा लगानी गर्नु पर्छ, त्यसको लागि रेभिन्यु उठाउने, रिसोर्स बढाउने काम हाम्रो भयो’ सचिव अर्यालले भने ‘त्यो बमोजिमको सुरक्षा निकायमा लगानी गर्ने कुरा पोल्टिकल लेभलमा हजुरले गर्नु पर्यो भनेको छु ।’

    डे टु डे रेभिन्यु बढेको आधारमा कर्मचारीलाई मोटिभेट गर्नुपर्ने धारणा राख्दै सचिव अर्यालले सेक्युरिटी एजेन्सीलाई मोटिभेट गर्ने गरी योजनाहरु ल्याउनु पर्ने बताए ।

    गृह प्रशासन कमजोर हुने छुट छैन

    गृह मन्त्रालयसँग गभर्नेन्सको पक्ष पनि जोडिएकोले मातहतका निकायमा कार्यरत कुनै पनि कर्मचारीलाई कमजोर हुने छुट नभएको उनले बताएका छन् । पछिल्लो समय सरकार कमजोर भएको जस्तो देखिएको बताउँदै हामी कमजोर छैनौँ भन्ने कुरा गृह मन्त्रालयमार्फत नेपाल सरकारलाई आस्वस्त पार्ने दायित्व गृह प्रशासनको रहेको पनि गृह सचिव अर्यालले बताए । ‘माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्रीज्यूको लिडरसिपमा हामीले त्यो पूरा गर्नुपर्ने हुन्छ,’ सचिव अर्यालले भने

    गृह सचिव अर्यालले अध्यागमनमा केही समस्याहरु रहेको बताउँदै ती समस्याहरुको तत्काल समाधानका लागि उपाय चालिने उनको भनाई छ । ‘श्रम मन्त्रालयमा काम गरेको हुनाले त्यो मलाई थाहा छ, अब त्यस्ता घटना दोहोरिन दिनु हुँदैन,’ उनले भने ।

    आन्तरिक झगडा तथा समन्वय नहुने विषय सर्वसाधारणसँग मतलव नहुने भएकोले कुनै पनि बहानामा आम नगरिकले पाउने सेवा प्रभावित हुन नहुनेतर्फ सजग हुनुपर्ने सचिव अर्यालले बताए ।

    ‘हिजो के भयो त्यसलाई बिर्सनुस्’ उनले सुरक्षा प्रमुखसमेतको उपस्थितिमा कर्मचारीहरुलाई भने ‘गृह प्रशासन कामजोर भएकै हो । त्यसमा नअल्झिनूस् । अब त्यस्तो हुँदैन र हुन दिने छैन भन्नेमा कोर्डिनेशन गर्नूस् ।’

    बलियो बनाउने र कमजोर बनाउने पनि हामी नै भएको भन्दै उनले गृहमन्त्री पारदर्शी रुपमा काम गरौँ भन्नेमा भएकोले पनि त्यो आफ्ना लागि मौका भएको बताए । ‘गृह मन्त्रालय गृह मन्त्रालय जस्तो छैन, सिडिओ कार्यालय सिडिओ कार्यालय जस्तो छैन, के भएको हो ? किन कमजोर भएको हो भन्ने प्रश्न उठ्ने गरेको भन्दै सचिव अर्यालले अब त्यो सुन्न पर्ने अवस्था आउन नदिई सरकारको लक्ष्य पाप्तिमा दत्तचित्त भएर लाग्न निर्देशन दिए ।

    शान्ति सुरक्षा कायम गर्ने कुरामा सबै सुरक्षा संयन्त्रहरुले समन्वय गर्नुपर्ने बताउँदै सचिव अर्यालले मातहतका सबै निकायको एउटै आवाज हुनुपर्ने पनि बताए । ‘सशस्त्र प्रहरी बलले यसो गरेछ भनेर नेपाल प्रहरीले कमेन्ट गर्ने, नेपाल प्रहरी यसो गरेछ भनेर सिडिओले कमेन्ट गर्ने काम अब हुनु हुँदैन’ गृह सचिव अर्यालले भने ‘नो यो हुन हुँदैन । कमजोरी छ भने हामीले सुधार गर्ने हो,’ उनले भने ।

    गृह मन्त्रालयमा जागिर खान्छु भन्दा आम हेराईमा नै फरक हुने गरेकोमा पछिल्लो समय गृह मन्त्रालय कमजोर बनेको उनको भनाई छ । ‘हिजोको दिनमा गृह मन्त्रालयमा कस्तो घटना घटेको छ । हामी कल्पना पनि गर्न सक्दैनौँ । किन त्यस्तो भयो ? त्यही भएर हामी प्रोफेस्नल व्युरोक्रसीको कल्पना गर्छौ भने मान्छे पनि प्रोफेस्नल हुुनुपर्छ ।’

    सिडीओले पन्छिने होइन, समाधान गर्ने हो

    कर्मचारी २४ सैँ घण्टा नेपाल सरकारको हुने भन्दै गृह सचिव अर्यालले गृहमा काम गर्ने कर्मचारीले १०-५ को जागिर भन्न नपाइने बताए । ‘हाम्रा सुरक्षा निकाय र प्रमुख जिल्ला अधिकारीले दिनरात काम गरिरहेका हुन्छन्,’ गृह सचिव अर्यालले भने, ‘यो संगठनको प्रकृति नै त्यो खालको छ । यसलाई बुझ्न नसक्ने यहाँ एडेजस्ट हुन सक्दैन ।’

    ‘प्रमुख जिल्ला अधिकारीले समस्या ट्रान्सफर गर्न पाइँदैन, सल्भ गर्ने हो,’ उनले भने ‘प्रमुख जिल्ला अधिकारीले आफ्नो ल्याकतले भ्याएसम्म समस्याको समाधान गर्ने हो । समन्वय गर्नुपर्ने काममा त हामी समन्वय गरी हाल्छौँ नि ।’

    प्रमुख जिल्ला अधिकारी (सडिओ) सामू चुनौतीका रुपमा सहकारी, लघुवित्त, मिटरब्यासँग जोडिएका विषय र शान्ति सुरक्षामा खलल पार्ने सक्ने विभिन्न विषयहरु रहेको भन्दै ती समस्याहरुको सधाधानका लागि प्रधानमन्त्री र गृहमन्त्रीको निर्देशन अनुशार समाधानका लागि लागि पर्ने बताए ।

    स्रोत बिना कार्य योजना कार्यान्वयन गर्न कठिन हुने भएकोले त्यसका लागि अर्थ मन्त्रालयसँग समन्वय गरिने सचिवले बताए । ‘रिसोर्स बिना रिफर्म हुँदैन । अर्थ मन्त्रालयसँग समन्वय गर्ने छौँ ।’

    विकास प्रशासनलाई पनि गृह प्रशासनले ड्राइभ गर्ने हो भन्दै विकास प्रशासन र गृह प्रशासन ज्वइन्ट भयो भने मात्र नतिजा निस्कने सचिव अर्यालको भनाई थियो । ‘विकास एकातर्फ जाने, त्यहाँ समस्या पर्ने वित्तिकै प्रहरी चाहियो भनेर हुँदैन’ उनले भने ‘कुनै ठाउँमा घटना घट्यो भने त्याहाँ तत्काल पुग्ने व्यवस्था पनि गरिएको छैन भने नतिजा दिन गारो हुन्छ, त्यसको व्यवस्थापन गरिनेछ’

    जिल्लामा प्रमुख जिल्ला अधिकारीको भूमिका महत्वपूणर् रहने भन्दै त्यो भूमिका निर्वाह गर्र्न सिडिओ तयार हुनुपर्ने उनले बताए । ‘गाउँको मान्छे अरुलाई चिन्दैन तर, सिडिओलाई चिन्दछन् । सिडिओ आयो भने पछि ढोका खोलेर हेर्ने धेरै मान्छेहरु छन्,’ उनले भने ‘नागरिकको त्यो अपेक्षा प्रजिअले पूरा गर्नुपर्छ ।’

    सचिव अर्यालले आफ्नै संस्थाको आलोचना गर्दै हिड्ने छुट कसैलाई नभएको भन्दै सबै अधिकारीहरुले अनुशासनभित्र रहेर कार्यसम्पादन गर्नुपर्ने बताए ।

    दबाबमा कुनै काम हुँदैन

    गृह प्रशासनमा मौलाउँदो बाह्य दबाब हट्ने संकेत सचिव अर्यालको छ । ‘प्रधानमन्त्रीज्यू, गृहमन्त्रीज्यू, मुख्यसचिवज्यूसँग डे वानदेखि सुरु गर्नु भनेको छु ।’ उनले भने ‘त्यो खालको वातावरण हुनुपर्छ ।’

    सम्बन्धित निकायसँग समन्वय गर्ने ल्याकत आफूसँग रहेको बताउँदै सचिव अर्यालले कुनैपनि बहानामा अल्झाउने कार्य कसैबाट नगर्नसमेत सजग गराएका छन् । साथै आफूले दबाबमा काम नगर्ने भन्दै उनले भने ‘मलाई प्रेसर दिएर कसैले काम सम्पन्न गराउँछु भन्ने ठान्छ भने त्यो नगर्दा पनि हुन्छ ।’

    पछिल्लो समय प्रहरीतर्फ सरुवा, बढुवा, काजलगायतमा चल्ने गरेको सोर्सफोर्स र हस्तक्षेप बन्द गर्ने संकेत दिएका अर्यालले नेपाल प्रहरी र शसस्त्र प्रहरीका आइजीपीहरुलाई आफ्नो जिम्मेवारीको काम गर्न स्वतन्त्र भएको र त्यसमा कुनै खाले दबाब नहुनेसमेत बताए । ‘मेरो तर्फबाट सरुवा बढुवामा प्रेसर हुँदैन । संस्थाको प्रमुखले गरेको निणर्य कार्यान्वयन हुन्छ,’ सचिव अर्यालले भने ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    सार्वजनिक खरिद, परामर्श, सफ्टवेयर,आयोजना र वित्तीय व्यवस्थापनमा अनियमितता
    ५८ मिनेट अघि

  • २

    घरायसी उपभोक्तालाई प्राथमिकता दिन आयल निगमको निर्देशन
    १६ घण्टा अघि

  • ३

    वायु प्रदूषण बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
    १८ घण्टा अघि

  • ४

    अर्थमन्त्री खनालले गरे राहदानी फिर्ता
    २0 घण्टा अघि

  • ५

    चुनावको परिणामपछि पनि उज्यालो नेपालले अघि बढ्छ:कुलमान घिसिङ
    २0 घण्टा अघि

  • ६

    भुटान र बंगलादेशका प्रधानमन्त्रीले दिए रवि र बालेनलाई बधाई
    २१ घण्टा अघि

  • ७

    स्थानीय तहले दोहोरो भत्ता वितरण गर्दै करोडौंको खर्च
    २१ घण्टा अघि

  • ८

    पर्वतारोहण रोयल्टी सङ्कलनमा नेपाल पर्वतारोहण सङ्घको जिम्मेवारी
    २२ घण्टा अघि

  • ९

    अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट
    २२ घण्टा अघि

  • १०

    रास्वपाले समानुपातिकमा कटायो ५० लाख मत ,अन्य दलको कति?
    २२ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    देशभर ६० प्रतिशत मतदान

    नेपाल नक्सा
    २

    सार्वजनिक खरिदमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न पहल आवश्यक

    नेपाल नक्सा
    ३

    मतगणनामा नयाँ राजनीतिक संकेत: रास्वपाको अग्रता, बालेन झापा–५ मा अगाडि

    नेपाल नक्सा
    ४

    प्रत्यक्षतर्फको मत परिणाम एक दिनमै सार्वजनिक गर्ने तयारी

    नेपाल नक्सा
    ५

    देशभर मतगणना जारी: रास्वपा अघि, अन्य दल प्रतिस्पर्धामा

    नेपाल नक्सा
    ६

    काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution