
काठमाडौं, ११ वैशाख – नव नियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आज (बिहीबार) पद तथा गोपनीयताको शपथ लिने भएका छन्। शपथ ग्रहण कार्यक्रम शीतल निवासमा अपराह्न ४ बजे तय गरिएको छ।
राष्ट्रपति कार्यालयकी सूचना अधिकारी अर्चना खड्काका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा मन्त्री पन्तलाई शपथ गराउने कार्यक्रम तय भएको हो।
गत वैशाख ८ गते तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि रिक्त बनेको मन्त्रालयको जिम्मेवारी नेकपा (एमाले) का नेता रघुजी पन्तलाई दिने निर्णय पार्टीले गरेको हो। पन्त हाल नेकपा (एमाले) का समानुपातिक तर्फका सांसद हुन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे