
काठमाडौँ, फागुन १ । यसै साता ललितपुर, जावलाखेल, बगैँचा होटलमा ललितपुर ईक्यानले न्युजिल्याण्ड इन्फरमेसन सेसन साथै मिट एण्ड ग्रीट कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा ललितपुर ई क्यानका उपाध्यक्ष विरेन्द्र बज्राचार्यले उपस्थित सम्पूर्ण शैक्षिक परामर्श व्यवसायीहरूमा स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।
त्यस्तै न्युजिल्याण्ड इमिग्रेसन एड्भाईजर मिस्टर अनोस जोसेफले न्युजिल्यान्डमा पढाइ हुने कोर्स, फयासीलिटीज, साथै अवसरको बारेमा शैक्षिक परामर्श व्यवसायीहरूलाई जानकारी प्रदान गर्नु भएको थिय। कार्यक्रम इक्यान केन्द्रीय समितिका भाषा, परीक्षा र भियफयस कमिटीका सदस्य सुदिप केसीले अहिले भएका नयाँ निति नियम साथै फी स्टकको बारेमा जानकारी प्रदान गर्नु भएको थियो ।
बाक्लो उपस्थित रहेको शैक्षिक परामर्श व्यवसायीहरूको सोही कार्यक्रम ललितपुर ई क्यानका सचिव सनम कुमार महर्जनले सन्चालन गर्नु भएको थियो ।
कार्यक्रममा विभिन्न परामर्श व्यवसायीहरूले क्यु ए सेसनमा विभिन्न जिज्ञासा राखेका थिए। कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा ललितपुर ई क्यानका अध्यक्ष अरविन कुमार सिङले अतिथी तथा शैक्षिक परामर्श व्यवसायीहरूलाई धन्यवाद व्यक्त गर्नुका साथै मायाको चिनो समेत प्रदान गर्नु भएको थियो 
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे