
काठमाडौं । नेपाल प्रहरीमा जागिर खोज्ने युवाका लागि सुनौलो अवसर आएको छ। प्रहरी जवान पदका लागि अब कुल १,८४२ जना को नयाँ भर्ना प्रक्रिया सुरु गरिएको छ।
प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले बिहीबार सूचना प्रकाशित गर्दै यसअघि माग गरिएको १,१६५ पदमा थप ६७७ पद थपिएको जानकारी दिएको हो।
यस भर्ना विस्तार सर्वोच्च अदालतको आदेश कार्यान्वयन अन्तर्गत गरिएको हो। थप पद सिर्जनासँगै प्रहरी सेवामा सहभागी हुन चाहने युवाहरूका लागि अवसर अझै फराकिलो बनेको छ।पद संख्या वर्गीकरण यस प्रकार छ:
खुला प्रतिस्पर्धा: ९९३ जना
आदिवासी/जनजाति: २६० जना
मधेसी: २२८ जना
महिला: १६२ जना
दलित: १२२ जना
पिछडिएको क्षेत्र: ४० जना
अमर अशक्त प्रहरी परिवार: ३७ जना
योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले तोकिएको म्यादभित्र आवेदन दिई प्रतिस्पर्धामा सहभागी हुन सक्नेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे