
काठमाडौँ, २२ साउन ।यसै साता विरगंन्जमा एसएमएस एजुकेसन सर्भिसेजले नयाँ शाखा विस्तार गरेको छ ।Best PTE CENTRE को रूपमा चिनीएको एसएमएस एजुकेसन सर्भिसेजले दुर्त गतिमा शाखा विस्तार गरीरहेको छ ।
एसएमएस एजुकेसन सर्भिसेजले काठमाडौंको कोटेश्वरमा मुख्य कार्यालय सहित शाखा कार्यालयमा कलङ्की पोखरा, ईटहरी ,जनकपुर र अष्ट्रेलियाको सिड्नीबाट विद्यार्थीहरुलाई गुणस्तरिय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको छ भने यसै साता बाट बिरगन्जमा समेत आफ्नो शाखा समुद्घाटन गरेको छ।
उक्त कार्यक्रममा संस्थाका अध्यक्ष टीएन शाह, सभासद बिना जैसवाल, शिक्षाविद तथा ज्ञानोदय एकेडेमीका सिइओ राजेन्द्र कोइराला, जसपाकी केन्द्रीय सदस्य हान्स शाह, अष्ट्रेलिया बाट जुम मार्फत जोडीदै King’s Own Institute(KOI) का CEO & President Dr. Doug Hinchliffe, Associate vice president ( Student Affairs) Denny Irawan,Assistant Marketing Manager Assistant Asya Zhao, Director Marketing Salman Hatimali,Senior Student Service Manager Susana Cabillon,Marketing and Communication Officer Jack Le, AIA College का सिइओ शुभान्स शाह, SMS Education Services का सिइओ मनीष कुमार शाह, काठमाडौंबाट जुम मार्फत नायरका अध्यक्ष डाक्टर तथा एसएमएस एजुकेसन सर्भिसेजका स्टाटीजीकल पाट्नर हब इन्टरनेसनल एजुकेशनलका फाउन्डर डाइरेक्टर डाक्टर बहादुर खड्का, SMS डाइरेक्टर अफ आईटी तथा बिरगन्जका ब्रान्च अनिल पटेल, एसएमएसका एड्मीनिस्ट्रेटीभ म्यानेजर राजकुमार सुवेदी, डिजिटल मार्केटिङका डाइरेक्टर राहत अली, एमकेएस पेन्टर्स् नेपालका सिइओ मुकेश शाह तेली लगायत थुप्रै शैक्षिक परामर्श क्षेत्रका उच्च ब्यक्तीत्व हरूको उल्लेखनीय उपस्थित रहेको थियो।
उक्त कार्यक्रममा एसएमएसका एड्मीनिस्ट्रेटीभ म्यानेजर राजकुमार सुवेदीले उपस्थित सम्पूर्ण शैक्षिक परामर्श व्यवसायी,विद्यार्थी,तथा अभिभावकहरुलाई एसएमएसको जानकारी दिदै स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। स्वागत मन्तव्य पश्चात कार्यक्रमका सभापति र प्रमुख अतिथिको हातबाट रिवन काटी पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गर्नु भएको थियो।
कार्यक्रमलाई अगाडि बढाउने क्रममा मन्तव्य व्यक्त गर्दै शैक्षिक विशेषज्ञ तथा ज्ञानोदए एकेडेमीको सि ई वो राजेन्द्र कोईरालाले पि टी ई विदेश अध्ययन सकेर नेपालमै केही गर्ने उदेश्यका साथ फर्कीएको आफ्नो बिध्यार्थीको प्रगतिलाई सम्मान गर्न आफू उपस्थित भएको जानकारी गराउँदै शुभकामना मन्तव्य ब्यक्त गर्नु भयो।
भर्चुयल सेसन मार्फत उपस्थित क्रमश King’s Own Institute(KOI) का CEO & President Dr. Doug Hinchliffe, Associate vice president ( Student Affairs) Denny Irawan,Assistant Marketing Manager Assistant Asya Zhao, Director Marketing Salman Hatimali,
Senior Student Service Manager Susana Cabillon,Marketing and Communication Officer Jack Le, Academic Manager KOI Ms Celine Lee AIA College का डाइरेक्टर अफ मार्केटिङ शुभान्स शाह,SMS Education Services की डाइरेक्टर अफ मार्केटिङ एण्ड फाइनान्स नम्रता रम्तेल र काठमाडौंबाट जुम मार्फत नायरका अध्यक्ष डाक्टर तथा एसएमएस एजुकेसन सर्भिसेजका स्टाटीजीकल पाट्नर हब इन्टरनेसनल एजुकेशनलका फाउन्डर डाइरेक्टर डाक्टर बहादुर खड्काले SMS Education Services को उतरोत्तर प्रगतिको कामना सहित आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो।
राजनीतिक क्षेत्रबाट पनि SMS को कार्य प्रगतिको सरानाह गर्दै प्रमुख अतिथि सभासद बिना जैसवालले SMS Education Services को यो पहलको उच्च कदर गर्दै कार्यक्रम मार्फत शुभकामनासमेत व्यक्त गर्नु भयो।
हिजोको सोचलाई आज बाश्वीकतामा परिवर्तन भएको देख्न पाउँदा आफु निकै खुशी भएको प्रकट गर्दै जसपाकी केन्द्रीय सदस्य हान्स शाहले शुभकामना प्रदान गर्नु भयो।
उच्च शिक्षा अध्ययन गरी नयाँ विद्यार्थीहरूलाई उतीकै अवसर प्रदान गर्ने उदेश्यका साथ अगाडि बड्नु भएका
संस्थाका सिइओ मनीष कुमार शाहले कार्यक्रम सफल भएको र सफल बनाउन लागि परेका सम्पुर्ण हात हरूको उच्च कदर गर्दै धन्यवाद ज्ञापन गर्नु भएको थियो।
कार्यक्रमका सभापति तथा सस्थाका अध्यक्ष टीएन शाहले एसएमएस एजुकेसन सर्भिसेजले स्थापनाकालदेखि हालसम्म १० हजारभन्दा बढी विद्यार्थीलाई वैदेशिक अध्ययनका लागि आवश्यक तयारी परीक्षासम्बन्धी ज्ञान प्रदान गरिसकेको जानकारी प्रदान गर्नु भयो ।
साथै यो सफलमा साथ दिनुहुने सम्पूर्ण उपस्थित सम्पूर्ण अतिथिहरूलाई र SMS Education Services परीवार धन्यवाद व्यक्त गर्दै समुद्घाटन समारोहको समापन गर्नु भएको थियो ।
टेस्ट प्रिपेसनको क्षेत्रमा बिशेष दख्ल राख्न सफल SMS Education Services को दुई हप्तामा पोखरा, कलङ्की र बिरगन्जमा शाखा समुद्घाटन हुनु उदाहरणीय रहेको आयोजकले बताएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे