
काठमाडौँ, १४ साउन ।पोखरा चिप्लेढुंगास्थित ट्रेड महलमा एसएमएस एजुकेसन सर्भिसको नयाँ शाखा विस्तार, गर्दै Best PTE CENTRE को रूपमा चिनीएको एसएमएस एजुकेसन सर्भिसले दुर्त गतिमा शाखा विस्तार गरीरहेको छ ।
यसअघि काठमाडौं, जनकपुर र इटहरीबाट वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई सेवा प्रदान गर्दै आएको यस संस्थाले गत शुक्रबार भव्य कार्यक्रमका बिच कास्कीको पोखरामा नयाँ शाखा विस्तार गरेर सेवा सुरु गरेको हो ।
उक्त कार्यक्रममा सभापतित्वको आसन ग्रहण गर्दै संस्थाका अध्यक्ष टीएन शाह, प्रमुख अतिथि नवनिर्वाचित इक्यानका अध्यक्ष शेषराज भट्टराई, नायरका उपाध्यक्ष, तथा एसएमएस एजुकेसन सर्भिसका स्टाटीजीकल पाट्नर हब इन्टरनेसनल एजुकेशनलका फाउन्डर डाइरेक्टर डाक्टर उद्वब बहादुर खड्का, फेकन कास्कीका अध्यक्ष सञ्जय सुवेदी, संस्थाका सिइओ मनीष कुमार शाह लगायत थुप्रै शैक्षिक परामर्श क्षेत्रका उच्च ब्यक्तीत्व हरूको उल्लेखनीय उपस्थित रहेको थियो।
शाखाको समुद्घाटन समारोह लाई स्वागत गर्दै संस्थाका सिइओ मनीष कुमार शाहले उपस्थित सम्पूर्ण अतिथिहरूलाई स्वागत मन्तव्य व्यक्त गर्नु भयो।
शाखाको समुद्घाटन गर्दै प्रमुख अतिथि इक्यानका अध्यक्ष शेषराज भट्टराई सहितले रिवन काटी शाखाले पोखरा, बाग्लुङ, तनहुँ, पर्वतलगायत गण्डकी प्रदेशका सबै जिल्लाका विद्यार्थीलाई लक्षित गरेर गुणस्तरीय शैक्षिक परामर्श सेवा र टेस्ट प्रिपेसनमा उल्खनीय योगदान पुर्याउन शुभकामनासमेत व्यक्त गर्नु भयो।
बहुसांस्कृतिक महत्वको धरोहर पोखरामा संस्थाको शाखा औपचारिक रूपमा पानसमा बत्ती बालेर समुद्घाटन गर्दै कार्यक्रमका सभापति तथा सस्थाका अध्यक्ष टीएन शाहले एसएमएस एजुकेसन सर्भिसले स्थापनाकालदेखि हालसम्म १० हजारभन्दा बढी विद्यार्थीलाई वैदेशिक अध्ययनका लागि आवश्यक तयारी परीक्षासम्बन्धी ज्ञान प्रदान गरिसकेको जानकारी प्रदान गर्नु भयो ।
शुभकामना मन्तव्यका क्रममा नायरका उपाध्यक्ष डाक्टर उद्वब बहादुर खड्काले शाखाको उतरोत्तर प्रगतीको शुभकामना व्यक्त गर्नु भयो।
यो शाखा विस्तारसँगै विदेशमा अध्ययन गर्न जाने योजना बनाएका विद्यार्थी तयारी परीक्षाका गर्न कै लागि काठमाडौं धाउनुपर्ने बाध्यताबाट मुक्त हुने विश्वास रहेको फेकनका गण्डकी प्रदेश अध्यक्ष सञ्जय सुवेदीले जानकारी गराउनु भयो।
कार्यक्रमको अन्तमा उपस्थित सम्पूर्ण अतिथिहरूलाई मायाको चिनो प्रदान गरीएको थियो।
SMS Education Service ले आगामी सोमबारमा कलंकीमा शाखा खोल्ने योजना छ र छिटै चितवन र बुटवलमा पनि खोल्ने योजना गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे