
काठमाडौँ , १५ भाद्र |मलेसियामा जारी आइसीसी महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोट क्रिकेट खेलमा नेपालले बहराइनलाई १० विकेटले पराजित गरेको छ । बहराइनलाइनलाई १० विकेटले पराजित गर्दै नेपालले दोस्रो जित हासिल गरेको हो ।
बहराइनले दिएको ३२ रनको लक्ष्य नेपालले २ दशमलब ५ ओभरमा कुनै विकेट नगुमाई शानदार रुपमा पूरा गर्यो ।महिला क्रिकेटको इतिहासमा नेपालले हात पारेको यो दोस्रो फराकिलो जित हो।
नेपालले समूह चरणको अन्तिम खेलमा १९ गते युएईसँग खेल्दैछ । सेमिफाइनल खेल भदौ २२ गते शुक्रबार हुनेछ। फाइनल खेल २३ गते शनिबार हुनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे