
काठमाडौँ, कात्तिक १ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी बनाएर चुनावमा लड्न चुनौती दिएका छन्।
भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले पुर्वराजा ज्ञानेन्द्रलाई आफूले त्याग, तपस्या र बलिदान गरेको व्यक्ति हो र जनताको साथ छ भन्ने लाग्छ भने पार्टी खोलेर वा पुरानै पार्टीबाट चुनाव लडेर देखाउन चुनौती दिए। उनले भने, ‘आफू त्याग, तपस्या र बलिदान गरेको व्यक्ति भएको र जनताको साथ छ भन्ने लाग्छ भने पार्टी खोलेर वा पुरानै पार्टीबाट चुनाव लडेर देखाउनुस्।’
उनले भने, ‘अस्ति भएको निर्वाचन आफैंमा जनमत संग्रह हो । जनताले सीधै पार्टीलाई विश्वास गरेका छौं भन्ने देखाए । अरुलाई पनि लाग्छ भने पार्टी बनाउन् आउन्, चुनावमा सामेल होउन् ।’ देशलाई प्रतिगमनको दिशामा लैजान खोज्ने कुनै कार्य स्वीकार्य नहुने साथै वंशको शासन नेपाली जनतालाई स्वीकार्य नरहेने बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे