
काठमाडौं, कात्तिक १३ । आइसिसी टी–२० विश्वकप २०२४ अन्तर्गत एसिया छनोटमा नेपालले उत्कृष्ट सुरूवात गरेको छ। सिङ्गापुरविरुद्ध आफ्नो पहिलो खेल खेलेको नेपाल ८ विकेटले विजयी भएको हो।
टस जितेर ब्याटिङमा उत्रिएको सिंगापुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४५ रन बनाएको थियो ।
नेपालका लागि कुशल भुर्तेल ७४ र आशिफ शेख २७ रन बनाएर आउट हुँदा कप्तान रोहित पौडेल र कुशल मल्लले अविजित रहँदै क्रमशस् ३४ र ६ रन जोडे।
उसका लागि रोहन रंगराजनले सर्वाधिक ४८ रन बनाए।आर्यबीर चौधरी ३७, मनप्रित सिंह २४ रनमा आउट हुँदा अक्षय पुरीले नटआउट १३ रन जोड। बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालका अबिनाश बोहराले तीन, करण केसी, गुल्सन झा र सन्दीप लामिछानेले एक(एक विकेट लिए । दोस्रो खेलमा नेपालले भोलि मलेसिया र १६ गते बिहीवार ओमानसँग खेल्नेछ । नेपाल रहेको समूह ए मा सिङ्गापुर, ओमान र मलेसिया छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे