
काठमाडौँ, असार २७। विदेश यात्रा गर्ने नेपाली नागरिक अब तीन हजार अमेरिकी डलरसम्म लैजान पाउने भएका छन्। आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा यो व्यवस्था गरिएको हो।
गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले नीति सार्वजनिक गर्दै हालको २ हजार ५ सय डलरको सीमा बढाएर तीन हजार डलर पुर्याइएको जानकारी दिएका हुन्। यससँगै नेपाली नागरिकको वैदेशिक यात्राका लागि लैजान सकिने वैदेशिक मुद्राको सीमा बढेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे