
नयाँ दिल्ली । भारतका महामहिम राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुद्वारा फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड आर. मार्कोस जुनियर र प्रथम महिला लिजा अरानेटा-मार्कोसको सम्मानमा राष्ट्रपति भवन, नयाँ दिल्लीमा विशेष भोज कार्यक्रम आयोजना गरिएको छ।

उक्त भव्य राजकीय भोजमा नेपालका तर्फबाट नेपाली कांग्रेसका सांसद तथा चौधरी समूहका अध्यक्ष विनोद चौधरी पनि विशेष अतिथिका रूपमा सहभागी भएका छन्।
राजनीति र व्यवसाय दुवै क्षेत्रमा सशक्त पहिचान बनाएका चौधरीले दुई देशबीचको सम्बन्ध सुदृढीकरणमा यस्ता कूटनीतिक अवसरहरू महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन्।
उक्त कार्यक्रममा भारत तथा फिलिपिन्सका उच्च सरकारी अधिकारी, राजदूतहरू, विशिष्ट पाहुनाहरू, कूटनीतिज्ञ तथा व्यवसायिक क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
फिलिपिन्स राष्ट्रपतिको यो ऐतिहासिक भारत भ्रमणलाई दुई देशबीचको आर्थिक, सांस्कृतिक र राजनीतिक सहकार्य विस्तार गर्ने अवसरका रूपमा हेरिएको छ। राष्ट्रपति भवनमा आयोजित भोजमार्फत द्विपक्षीय सम्बन्धमा नयाँ आयाम थपिने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे