
काठमाडौँ, जेठ ४ । नेपाली कांग्रेसले आफ्नो मागलाई यथावत राख्ने निर्णय गरेको छ ।नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा शुक्रबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविन समिति गठनको मागमा अडिग रहने निर्णय गरेको छ ।आजको बैठकले सभामुखलाई तटस्थता र निष्पक्षता पूर्वक बैठक सन्चालन गर्न अनुरोध गर्ने निर्णय समेत गरेको पनि गरेको छ ।
बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री लामिछाने सहकारी प्रहरणमा संलग्न रहेको भन्दै संसदीय छानबिन समिति गठन गर्नुपर्ने निर्णय यथावत रहेको बताए । लेखकले भने, ‘लाखौं नेपाली नागरिकको अर्बौं रकम सहकारीमा बचत गरिएको थियो। त्यो हिनामिना, दुरूपयोग ठगी र अपचलन भएको छ। बचतकर्ताको बचतको सुरक्षा ग्यारेन्टी गर्ने र जसको बचत हिनामिना भयो त्यो फिर्ता गर्ने र ठगी गर्ने विषयलाई छानबिन र संलग्नमाथि कारबाही गर्ने विषय थप पुष्टि हुँदै गएको छ।’
एकजना मात्रै उभिए पनि अवरोध मानिन्छ भनेर सभामुखबाट रुलिङ भएका छन् । तर सिंगो प्रतिपक्षी दल नारा लगाउँदै गर्दा बैठक सञ्चालन गर्नु उचित नभएको उनले बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे