
काठमाडौं, २६ असोज । कोशी प्रदेशमा शेखर कोइराला पक्षले विद्रोह गरेर नेकपा (एमाले)सँग सत्ता समीकरण गरेपछिको नेपाली काङ्ग्रेस कोशी प्रदेश कार्यसम्पादन समिति बैठक आज बस्दैछ ।
सत्ता समीकरणबारे छलफल गर्न काङ्ग्रेस प्रदेश कार्यसम्पादन समिति बैठक बस्न लागेको हो । विराटनगरस्थित प्रदेश पार्टी कार्यालयमा आज ११ बजे बस्ने बैठकले प्रदेशको ताजा अवस्थाबारे धारणा बनाउने काङ्ग्रेसले जनाएको छ ।
बिहीबार सत्ता गठबन्धनले माओवादी नेता इन्द्र आङ्बोलाई कोशीको मुख्यमन्त्रीमा दाबी गर्न लगाउने निर्णय गरेपछि काङ्ग्रेस कोशीका ८ जना सांसदले एमालेसँग मिलेर केदार कार्कीलाई मुख्यमन्त्रीका रुपमा अघि सारेका थिए ।
आङ्बो र कार्की दुवैले प्रदेश प्रमुखको कार्यालयमा दाबी पेश गरिसकेका छन । संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री दाबी गर्न प्रदेश प्रमुख पर्शुराम खापुङले दिएको समयसीमा आज बेलुका ५ बजे सकिदैछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे