
काठमाडौँ, ३० चैत। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा (देउवा) ले निर्वाचन आयोगले गरेको निर्णयप्रति आपत्ति प्रकट गरेकी छन् । स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्ष पदमध्ये कुनै एक पदमा मात्रै उम्मेदवारी दिने राजनीतिक दलले महिलालाई उठाउनुपर्ने भनी यसअघि गरेको निर्णय आयोगले खारेज गरेको प्रति राणाले आपति जनाएकी हुन् ।
उनले नेपालको संविधानको धारा ३८(४) लाई कुल्चने अधिकार निर्वाचन आयोगलाई नरहेको बताएकी छन् । उनले यो निर्णय सच्याउन मागसमेत गरेकी छन् ।
आरजुले भनेकी छन्, ‘नेपालको संविधानको धारा ३८९४०लाई कुल्चने अधिकार निर्वाचन आयोगलाई नरहेकोबारे निर्वाचन आयोगलाई अवगत गराउँदै प्रमुख निर्वाचन आयुक्तज्यू र निर्वाचन आयोगका अन्य सदस्यज्यूहरुलाई नेपालको संविधानलाई उच्च सम्मान गर्दै यो निर्णय सच्याउन हुन हार्दिक अनुरोध गर्दछु।’
स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्ष पदमध्ये कुनै एक पदमा मात्रै उम्मेदवारी दिने राजनीतिक दलले महिलालाई उठाउनुपर्ने बाध्यताकारी नियमलाई राजनीतिक दलहरूले विरोध गर्दै ध्यानाकर्षण गराएका थिए । निर्वाचन आयोगले मंगलवार सो निर्णय सच्याएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे