
काठमाडौँ । नेपाली कांग्रेसले आगामी निर्वाचनमा हाल निर्वाचित जनप्रतिनिधिलाई उम्मेदवार बनाउन नपाउने निर्णय गरेको छ। आगामी ११ माघमा राष्ट्रियसभा र २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन हुने क्रममा २०७९ को स्थानीय तह निर्वाचनमा जितेका प्रतिनिधिलाई पार्टीले उम्मेदवार सिफारिस गर्न नदिने भएको हो।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको परिपत्र अनुसार, मातहतका कार्य समितिहरूले राष्ट्रियसभा र प्रदेशसभामा हाल बहालमा रहेका सांसद वा सदस्यलाई उम्मेदवारका लागि सिफारिस गर्न नहुने व्यवस्था गरिएको छ।
त्यस्तै, प्रतिनिधिसभा प्रत्यक्षतर्फका उम्मेदवारका लागि कम्तीमा एक महिला समावेश गरेर तीन जना, र समानुपातिकतर्फ समावेशी नीति अनुसार कम्तीमा एक महिला राखेर बढीमा दुई जना सिफारिस गर्न निर्देशन दिइएको छ।
यो निर्णयले पार्टीभित्र नयाँ नेतृत्व र उम्मेदवारलाई अवसर दिनुका साथै समावेशी र न्यायपूर्ण निर्वाचन सुनिश्चित गर्ने उद्देश्य राखिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे