
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज सानेपास्थित पार्टी कार्यालयमा बस्दैछ। नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधनपछि तीन दिन स्थगित भएको बैठक पुनः सुरु हुन लागेको हो।
यो बैठक असोज २८ गतेदेखि जारी छ र जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक अवस्थाको समीक्षा गर्दै आगामी रणनीति तय गर्ने उद्देश्य राखिएको छ। पार्टीभित्र अहिले १५औँ महाधिवेशन नियमित गर्ने कि विशेष महाधिवेशन बोलाउने भन्ने विषयमा छलफल तीव्र छ।
त्यसैगरी सरकारले फागुन २१ मा निर्वाचन मिति तोकेपछि कांग्रेसले निर्वाचनअघि महाधिवेशन गर्ने कि पछि भन्नेबारे पनि मतभेद देखिएको छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा यी मुद्दाहरूलाई मुख्य एजेन्डाका रूपमा उठाइनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे