
काठमाडौँ — दुर्गा प्रसाईंले चलाउँदै आएको ‘राष्ट्रियता, धर्म संरक्षण र नागरिक बचाउ महाअभियान’ र सुशीलमान शेरचन नेतृत्वको ‘नेपाली कांग्रेस (बीपी)’बीच अब आन्दोलनमा सँगै काम गर्ने सहमति भएको छ।
आइतबार बिहान भक्तपुरको मध्यपुरठीमीस्थित प्रसाईंको घरमा दुवै पक्षबीच ६ बुँदे सहमति भएको हो। नेपाली कांग्रेस (बीपी) का सभापति शेरचनका अनुसार सहकार्यको प्रस्ताव प्रसाईं पक्षबाट आएको र आफूहरूले त्यसमा सहमति जनाएका हुन्।
दुवै पक्षले देशको स्वाधीनता, राष्ट्रियता, धर्म, लोकतन्त्र र नागरिक अधिकारमाथि परेको चुनौतीको विरोधमा जनजागरण गर्ने बताएका छन्। आन्दोलनलाई प्रभावकारी बनाउन संयुक्त समन्वय समिति बनाइनेछ। नेपाली कांग्रेस (बीपी) आफ्ना झन्डा, नारा र चिन्हसहित सहभागी हुनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे