
काठमाडौँ । विभिन्न १० वाम दलहरूको एकतापछि गठन गरिएको ‘नेपाली कम्युनिस्ट पार्टी’ ले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ। नेकपा ९माओवादी केन्द्र० र नेकपा ९एकीकृत समाजवादी० सहितका वाम घटकहरू बुधबार एकतामा आएपछि भोलिपल्टै नयाँ पार्टीले दर्ता प्रक्रिया अघि बढाएको हो।
पार्टीले आफ्नो चुनाव चिन्ह ‘पाँचकुने तारा’ प्रस्ताव गरेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार नेपाली कम्युनिस्ट पार्टीको दर्ता निवेदन प्राप्त भएको छ।
आगामी २१ फागुनमा हुने निर्वाचनका लागि दलहरूले यही ३० कात्तिकभित्र दर्ता प्रमाणपत्र लिनुपर्नेछ। नेता शिव खकुरेलका अनुसार पदाधिकारी र विधान टुंगिएपछि आवश्यक दस्तावेज आयोगमा बुझाइनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे