
काठमाडौँ। हङकङ सरकारले नोभेम्बर १५ देखि लागू हुने गरी नेपाली राहदानी बाहक यात्रुलाई ट्रान्जिट भिसा आवश्यक नपर्ने व्यवस्था गरेको छ। नेपाली महावाणिज्यदूतावास हङकङले निरन्तरको कूटनीतिक पहल र अनुरोधपछि नेपालबाट अन्य मुलुक तथा अन्य मुलुकबाट नेपाल यात्रा गर्दा ट्रान्जिट क्षेत्रभित्रै बस्ने सर्तमा ट्रान्जिट भिसा अनिवार्य नरहने जानकारी दिएको हो।
सन् २००५ जुनदेखि हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट गर्दा नेपाली नागरिकले भिसा लिनुपर्ने नियम लागू थियो। यो नियमका कारण नेपाली नागरिकले हङकङमा ट्रान्जिट गर्दा समस्या भोग्नुपरेको थियो। महावाणिज्यदूतावासका अनुसार, नयाँ प्रावधानले यात्रामा सहजता ल्याउनेछ र नेपाली राहदानी बाहकलाई हङकङ ट्रान्जिटमार्फत यात्रा गर्न प्रोत्साहित गर्ने विश्वास गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे