काठमाडौँ, भदौ २४ । नेपाली सेनाले चार हजार जना जवान भर्नाका लागि आवेदन खुल्ला गरेको छ । शुक्रवार गोरखापत्रमा सूचना प्रकाशित गरी नेपाली सेनाको श्री सेना भर्ना छनौट निर्देशनालय, कार्य रथी विभाग, जङ्गी अड्डाले उक्त पदका लागि आवेदन माग गरेको हो ।
माग गरिएका कोटा मध्ये सैन्य परिवारका लागि २००, खुल्लामा दुई हजार ८८, महिलामा ३३०, आदिवासीरजनजातिमा ५५०, मधेसी ४८०, दलित २५२ र पीछडिएको क्षेत्रबाट ८० जना रहेको छ । २०७९ असोज ३० गते भित्र भर्नाका लागि आवेदन दर्ता गरी सक्नु पर्ने सेनाले जनाएको छ ।
भर्नाका लागि पुरुषको हकमा उचाइ ५ फिट ३ इन्च, छाती नफुलाउँदा ३२ इन्च फुलाउँदा ३४ इन्च र तौल ५० किलोग्राम हुनु पर्ने छ । महिलाको हकमा भने उचाइ ५ फिट तौल ४० किलोग्राम हुनु पर्ने तोकेको छ ।
आजको गोरखापत्र दैनिकबाट ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे