नेपाल र बंगलादेश दुवै टिमले अहिलेसम्म २ खेलबाट समान १ जित र १ हार व्यहोरेका छन्। नेपाल भारतसँग ७–० ले पराजित भएपनि भुटानलाई २–१ ले हराएको थियो। त्यस्तै, बंगलादेशले भुटानलाई ३–१ ले हराएको थियो भने भारतसँग २–० ले हार हारेको थियो।
हालसम्मको अंकतालिकामा भारत ६ अंकसहित शीर्ष स्थानमा छ भने बंगलादेश र नेपालको समान ३ अंक भए पनि गोलअन्तरका आधारमा बंगलादेश दोस्रो र नेपाल तेस्रो स्थानमा रहेको छ।
आजै हुने अर्को खेलमा भारत र भुटान आमनेसामने हुने छन्। उक्त खेलको नतिजाले प्रतियोगिताको सेमिफाइनल दौडमा ठूलो प्रभाव पार्ने अनुमान गरिएको छ।








