
काठमाडौं।नेपाल टेलिकमले सञ्चार तथा सूचना प्रविधिको दिनानुदिन बढ्दो महत्वलाई मध्यनजर गर्दै आफ्ना सेवाहरूलाई निरन्तर विस्तार गरिरहेको छ। ग्राहकको सन्तुष्टि र आवश्यकतालाई सर्वोच्च प्राथमिकतामा राख्दै कम्पनीले नयाँ अफर तथा प्याकेजहरू ल्याउने क्रम जारी राखेको छ। सोही क्रममा नेपाल टेलिकमले भोलि असार २६ गतेदेखि लागू हुने गरी ‘मनसुन अफर २०८२’ सार्वजनिक गरेको छ।
‘ग्राहक सेवामा समर्पित’ भन्ने नारालाई आत्मसात गर्दै कम्पनीले विभिन्न माध्यमबाट प्राप्त ग्राहकका प्रतिक्रिया, सुझाव र सेवाको प्रयोगशैलीलाई आधार मानेर यो अफर ल्याएको जनाएको छ। अफर अन्तर्गत ग्राहकहरूले विशेष छुटसहितका भ्वाइस, डाटा र एसएमएस प्याकेजहरू उपभोग गर्न सक्नेछन्।
विशेषगरी शारीरिक तथा मानसिक रूपमा फरक क्षमता भएका व्यक्तिहरूका लागि बोनस सहितका प्याकेजहरू उपलब्ध गराइनेछ। साथै, लोकप्रिय ‘सजिलो अनलिमिटेड ६९९’ र ‘७९९’ प्याकेजहरूमा समेत ३०% छुट दिइने कम्पनीले जनाएको छ।
ग्राहकहरूले आफ्ना मोबाइलबाट *1415# डायल गरेर वा ‘नेपाल टेलिकम’ मोबाइल एप प्रयोग गरेर यस्ता प्याकेजहरूका बारेमा जानकारी लिन तथा खरिद गर्न सक्नेछन्। यसबाहेक, अफरसम्बन्धी विस्तृत जानकारी नेपाल टेलिकमको आधिकारिक वेबसाइट www.ntc.net.np मा उपलब्ध गराइएको छ।
नेपाल टेलिकमले आगामी दिनहरूमा समेत ग्राहकको डिजिटल आवश्यकता र पहुँचलाई ध्यानमा राख्दै समयानुकूल सेवा विस्तार गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे