
काठमाडौँ, २४ साउन । नेपाल टेलिकमको १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड हराएको छ। टेलिकमले ढुवानी गर्ने क्रममा ति कार्ड हराएको हो।
बुधबार गोरखापत्रमा सूचना निकालेर टेलिकमले ५० रुपैयाँ दरका २० हजार रिचार्ज कार्ड ढुवानीका क्रममा हराएको जनाएको हो। टेलिकमका अनुसार स.। नं. ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मको रिचार्ज कार्ड हराएको बताएको छ। ती कार्ड खरिद नगर्न समेत टेलिकमले अनुरोध गरेको छ। टेलिकमले यदी ति कार्ड कतै भेटिएमा नजिकैकाे दुरसंचार कार्यालयमा बुझाउन पनि अनुराेध गरेकाे छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे