नेपाल टेलिकमको चौथो त्रैमासिक रिपोर्ट २०८१/८२ अनुसार कुल आम्दानी ३८ अर्ब ७३ करोड रुपैयाँमा झरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ८.०३ प्रतिशतले कम हो। कर, ब्याज, मूल्यह्रासअगाडिको नाफा (EBITDA) भने १९ अर्ब २५ करोड पुगेको छ।
तर कर अघिको नाफा ११ अर्ब २१ करोडमा झरेको छ भने खुद नाफा २ अर्ब ६६ करोड रुपैयाँमा सीमित भएको छ। यो अघिल्लो वर्षको तुलनामा ५७.२१ प्रतिशतको गिरावट हो। कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ८२ पैसा रहेको छ।
यस गिरावटको कारणमा OTT सेवा (जस्तै भाइबर, ह्वाट्सएप) बाट हुने कल सेवामा गिरावट, मोबाइल डेटा प्रयोगमा कमी, कर्मचारी सेवा निवृत्ति व्यवस्था, उच्च लागत र व्याज आयमा ह्रास रहेका छन्।
नेपाल टेलिकमले आगामी दिनमा दीर्घकालीन योजना, प्रविधि सुधार र सुदृढ व्यवस्थापनमार्फत सुधार ल्याउने प्रतिबद्धता जनाएको छ।
थप जानकारीका लागि नेपाल टेलिकमको आधिकारिक वेबसाइट हेर्न सकिन्छ।
अन्य आर्थिक रिपोर्टहरू हेर्नुहोस्।https://www.ntc.net.np/about-us/financial-statements








