
काठमाडौं – नेपाल टेलिकमले रसुवा जिल्लाको लाङटाङ क्यान्जिन पदमार्गमा 4G मोबाइल सेवा सञ्चालनमा ल्याएको छ। यो पदमार्ग नेपालको एक प्रमुख पर्यटकीय गन्तव्य हो भने काठमाडौंबाट नजिकैको हिमाली पदमार्गको रूपमा परिचित छ।
समुद्र सतहबाट करिब ३,८०० मिटर उचाइमा अवस्थित क्यान्जिन उपत्यकामा नयाँ बिटिएस (BTS) जडान गरी यो सेवा सुरु गरिएको हो। यसले स्थानीय बासिन्दा र पर्यटकहरुलाई अब 4G इन्टरनेट सेवा प्रयोग गर्न सहज बनाउनेछ। नेपाल टेलिकमको विश्वास छ कि यसले पर्यटकहरुलाई यस क्षेत्रको सांस्कृतिक, प्राकृतिक र भौगोलिक विविधताको अनुभव आफ्ना नजिकैका मानिसहरुसँग साट्न सहयोग गर्नेछ।
गोसाइँकुण्ड गाउँपालिका-४ मा पर्ने क्यान्जिन उपत्यका स्याफ्रुबेशीबाट करिब दुई दिनको पैदलयात्रापछि पुगिने एक आकर्षक पर्यटकीय स्थल हो। यो क्षेत्र स्वदेशी र विदेशी पर्यटकहरु बीच खासै लोकप्रिय छ। लाङटाङ राष्ट्रिय निकुञ्जको भूभागमा पर्ने यस उपत्यकामा 4G सेवा विस्तार भएसँगै स्थानीय बासिन्दा, पर्यटक र व्यवसायीहरु दूरसञ्चार सेवाबाट लाभान्वित हुने अपेक्षा छ।
नेपाल टेलिकमले यसरी दुर्गम क्षेत्रहरुमा आधुनिक दूरसञ्चार सेवा पुग्न सहयोग गरेकोमा कम्पनीले आफ्नो प्रतिबद्धता जनाएको छ। यसले नेपालको पर्यटन क्षेत्रमा पनि सकारात्मक योगदान दिने विश्वास गरिएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे