
काठमाडौँ, ७ बैशाख । नेपाल टेलिकमले विभिन्न पदमा स्थायी नियुक्ति गर्नेगरी १२९ जना कर्मचारी माग गरेको छ ।
टेलिकमको केन्द्रिय कार्यालय पदपुर्ति समितिले आज एक सुचना प्रकाशित गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो ।
टेलिकमले उपप्रबन्धक, वरिष्ठ इन्जिनियर, वरिष्ठ लेखा अधिकृत, सहायक प्रशासकीय अधिकृतलगायतका १४ वटा पदका लागि आवेदन माग गरेको छ ।
इच्छुक उम्मेदवारले वैशाख २७ गतेभित्र अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे