
काठमाण्डौ ।नेपाल टेलिकमले विगत केही दिनदेखि विभिन्न कारणले आपूर्ति असहज भएका रिचार्ज कार्डहरु अहिले बजारमा उपलब्ध भएको जानकारी सार्वजनिक गरेको छ। कम्पनीले ग्राहकहरुलाई पुरानो असुविधाप्रति क्षमा प्रकट गर्दै रिचार्ज कार्डको आपूर्ति समस्याको समाधान भई बजारमा सहज उपलब्धता प्राप्त भएको बताएको छ।
साथै, केहि सञ्चारमाध्यममा रिचार्ज कार्डको अभावका कारण नेपाल टेलिकमको राजस्वमा कमी आएको र व्यापार घाटा भएको भ्रामक समाचार प्रकाशन तथा प्रसारण गरिएको देखिएको छ। कम्पनीले यस्तो समाचार पूर्णतः आधारहीन र असत्य भएको स्पष्ट पारेको छ। रिचार्ज कार्डको आपूर्ति कठिनाईका बीच पनि, कम्पनीको व्यापारिक गतिविधि र राजस्वमा कुनै नकारात्मक असर परेको छैन भन्ने कुरा स्पष्टरूपमा बताइएको छ।
रिचार्ज कार्डको अभावका कारण, ग्राहकहरुले डिजिटल वालेट जस्तै Namaste Pay, eSewa, Khalti, IMEPay लगायतका Mobile Point of Sale (MPOS) प्रयोग गर्दै प्रिपेड र पोष्टपेड मोबाइल रिचार्ज गरिरहेको उल्लेख गरिएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे