
काठमाडौं । नेपाल टेलिकमले देशका विभिन्न विकट क्षेत्रमा सञ्चार सेवा विस्तार गर्ने योजनाअनुरूप रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका अन्तर्गत पर्ने चन्दनबारीमा द्दन् नेटवर्क सेवा सञ्चालनमा ल्याएको छ। करिब २ हजार ३०० मिटर उचाइमा रहेको यस स्थानमा मोबाइल नेटवर्क सेवा सुरु गरी धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा परिचित गोसाईकुण्ड जाने तिर्थयात्री र पदयात्रीहरूलाई विशेष सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ।
नेपाल टेलिकमले धुन्चेबाट सुरु भएर गोसाईकुण्ड जाने पदमार्गमा पर्ने देउराली, चन्दनबारी, लौरीविनायक हुँदै ४ हजार २०० मिटर उचाइको गोसाईकुण्डसम्म मोबाइल नेटवर्कको पहुँच विस्तार गरेको छ। यसले दर्शनार्थी, पर्यटक तथा स्थानीय वासिन्दाहरूलाई सहज सम्पर्क र सूचना पहुँचमा ठूलो सहयोग पुग्नेछ।
त्यसैगरी, नेपाल टेलिकमले उच्च हिमाली क्षेत्रहरूमा पनि द्दन् नेटवर्क विस्तार गर्ने योजना बनाउँदै सेवा गुणस्तर र पहुँचलाई अझ व्यापक बनाउन कार्यरत रहेको जनाएको छ। गोसाईकुण्ड क्षेत्रमा हरेक वर्ष जनैपुत्री सर्निमामा ठूलो मेला लाग्ने भएकाले त्यस समयमा सञ्चार सेवाको आवश्यकतालाई मध्यनजर राखेर सेवा विस्तार गरिएको हो।
सरकारको विकट ग्रामीण क्षेत्रसम्म सञ्चार सेवा पु¥याउने नीति अनुरूप नेपाल टेलिकमले प्रतिफल कम र लगानी खर्च धेरै हुने स्थानहरूमा पनि समान रूपमा सेवा विस्तार गर्दै आएको छ। यस प्रकार विकट क्षेत्रका वासिन्दाहरूलाई पनि आधुनिक सञ्चार सेवाबाट लाभान्वित गराउने नेपाल टेलिकमको यो पहललाई अत्यन्तै सकारात्मक रूपमा हेरिएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे