
काठमाण्डौ । नेपाल टेलिकमले आफ्ना प्रिपेड र पोष्टपेड मोबाइल सेवाप्रयोगकर्ताहरूका लागि रिचार्जका वैकल्पिक उपायहरूको सुविधासमेत प्रदान गरेको छ। कम्पनीले MPOS रिचार्जमार्फत विभिन्न बोनस सुविधाहरू उपलब्ध गराएको छ। यो योजना २०८१ मङ्सिर १८ देखि शुरू भएर आगामी पौष १७ गतेसम्म लागू हुने जनाएको छ।
नेपाल टेलिकमका अनुसार, MPOS रिचार्जका माध्यमबाट विभिन्न रिचार्ज रकममा बोनसको व्यवस्था गरिएको छ। कम्पनीले ५० देखि ९९ रुपैयाँसम्मको रिचार्जमा २० मिनेटको अन-नेट भ्वाइस सेवाको बोनस, १०० देखि १९९ रुपैयाँको रिचार्जमा ५० मिनेटको अन-नेट भ्वाइस सेवाको बोनस, २०० देखि ४९९ रुपैयाँसम्मको रिचार्जमा २ जीबी डाटा (प्रति दिन १ जीबीको दरमा २ दिनका लागि) तथा ५०० रुपैयाँ वा माथिको रिचार्जमा ८ जीबी डाटा (प्रति दिन २ जीबीको दरमा ४ दिनका लागि) प्रदान गरिने बताइएको छ।
यसैगरी, ग्राहकहरूले नेपाल टेलिकमका सेवाहरू मार्फत सजिलै परिवार र मित्रसँग सञ्चारमा रहन सक्ने सुविधा प्राप्त गरेका छन्। कम्पनीले नमस्ते पे, eSewa, Khalti, IMEPay जस्ता डिजिटल वालेटहरूको पनि विकल्प प्रदान गरेको छ, जसले ग्राहकलाई आफ्नो मोबाइल रिचार्जमा थप सुविधा र विकल्पहरू प्रदान गर्दछ।
नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताहरूलाई सापटी सुविधा पनि उपलब्ध गराएको छ। कम्पनीले ‘नमस्ते सापटी’ सेवा शुरु गरेको छ, जसअन्तर्गत प्रयोगकर्ताहरूले रिचार्जको ब्यालेन्स सकिएपछि १४७७ नम्बरमा Start टाइप गरेर वा *1477# डायल गरेर सापटी लिन सक्छन्।
कम्पनीले डिजिटल माध्यमबाट रिचार्ज तथा सापटी सेवाहरूलाई सहज बनाउनका लागि यस्तो व्यवस्था गरेको छ, जसले प्रिपेड मोबाइल प्रयोगकर्ताहरूसँगको सञ्चारलाई थप सुलभ र निरन्तर बनाउने उद्देश्य राखेको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे