
काठमाडौं। नेपाल टेलिकमले मकवानपुर जिल्लाको थाहा नगरपालिका–९, चित्लाङमा एनटी फाइबर (FTTH) सेवा विस्तार गरेको छ। डिजिटल कनेक्टिभिटी र ग्रामीण क्षेत्रमा प्रविधिमैत्री सेवा विस्तार गर्ने उद्देश्यले २०८२ कार्तिक १८ गते श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालयमा टेलिफोन र इन्टरनेटसहितको एफटीटीएच सेवा सञ्चालनमा ल्याइएको हो।
चित्लाङ, ऐतिहासिक र पर्यटकीय सम्भावनाले भरिएको क्षेत्र, अब आधुनिक संचार सेवासँग जोडिएको छ। यस सेवा सञ्चालनसँगै स्थानीय विद्यालय, घरपरिवार र व्यवसायिक संस्थाहरूलाई उच्च गतिको इन्टरनेट, टेलिफोन र डिजिटल टेलिभिजन सेवाको पहुँच मिल्नेछ।
नेपाल टेलिकमका अनुसार ग्राहकहरूको बढ्दो मागअनुसार केही विद्यालय र अन्य संस्थाहरूमा पनि एफटीटीएच जडानको प्रक्रिया सुरु भइसकेको छ। अहिले ‘चित्लाङ एक्सचेन्ज’ बाट सेवा प्रदान भइरहेको छ भने निकट भविष्यमै ‘खानीखोला एक्सचेन्ज’ मार्फत टेलिफोन, इन्टरनेट र टिभी सेवा थप विस्तार गर्ने योजना कम्पनीले बनाएको छ।
टेलिकमले ग्रामीण तथा दुर्गम क्षेत्रमा डिजिटल पहुँच विस्तारलाई प्राथमिकता दिँदै देशभर एनटी फाइबर सेवा विस्तार गरिरहेको छ। कम्पनीले चित्लाङमा सेवाको सुरुवातले स्थानीय बासिन्दा, विद्यार्थी र व्यवसायिक समुदायका लागि सूचना तथा प्रविधि प्रयोगमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे