
सानेपा। नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा नेपाल स्टार्टअप तथा साना तथा मझौला उद्यम (SME) सम्मेलन 2081 भव्य रूपमा सम्पन्न भएको छ। उद्यमशीलता सहयोग तथा महिला स्वाभिमान विकास क्षेत्र द्वारा आयोजित तीनदिने सम्मेलन माघ २४ देखि २६ गतेसम्म सञ्चालन भएको थियो।
सम्मेलनमा विभिन्न क्षेत्रका प्रख्यात उद्यमी, विज्ञ, नीति निर्माता, तथा उद्यमशीलता प्रवर्द्धनमा सक्रिय व्यक्तित्वहरू सहभागी भएका थिए। कार्यक्रमका मोडरेटरहरू योगराज कँडेल शर्मा, आशा थपलिया, तथा विमला तुम्खेवा थिए।
प्यानलिस्टहरूमा प्रा. डा. महानन्द चालिसे, डा. मृगेन्द्र कार्की, विभूषण विष्ट, कर्विका थापा, सुलभ बुढाथोकी, रवीना थापा, समृद्धि ज्ञवाली, निकिता आचार्य, यमुनाश्रेष्ठ, रजनी थापा, इन्जिनियर दिपेश विष्ट, डा. पुकार मल्ल, लक्ष्मी पाण्डे, सुकुल रसाइली बीके, तथा टंकनाथ घिमिरेजस्ता चर्चित नामहरू थिए।
सम्मेलनमा स्टार्टअप तथा साना तथा मझौला उद्यम प्रवर्द्धन, महिला उद्यमशीलता, सरकारी नीतिहरू, प्रविधिको भूमिका, तथा लगानीका सम्भावनाहरू जस्ता विषयमा विस्तृत छलफल भएको थियो। सहभागीहरूले उद्यमशील वातावरण सुदृढ पार्न नीति सुधार, लगानी अभिवृद्धि, तथा नवीन प्रविधिको उपयोगलाई प्रवर्द्धन गर्ने आवश्यकता औंल्याएका थिए।
सम्मेलनमा व्यवसायी तथा नवप्रवर्तकहरूको उल्लेखनीय सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे