
काठमाडौँ । नेपाल सम्वत् ११४६ आज (बुधबार) देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यो सम्वत् नेवार समुदायको नयाँ वर्षका रूपमा मनाइन्छ। करिब ११ सय वर्षअघि राष्ट्रिय विभूति शंखधर साख्वाले गरिब जनताको ऋण माफ गरी नेपाल सम्वत् सुरु गर्नुभएको थियो। लिच्छविकालका राजा राघवदेवको समयमा सुरु भएको यो सम्वत् पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय रूपमा प्रयोगमा थियो। प्रजातन्त्र स्थापनापछि यसलाई पुनः राष्ट्रिय मान्यता दिलाउन अभियान चलाइएको थियो।
काठमाडौँ, भक्तपुर, ललितपुर लगायत नेवार बस्ती भएका क्षेत्रमा आज नयाँ वर्षको उत्सव मनाइँदैछ। शंखधर साख्वालाई २०५६ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले राष्ट्रिय विभूति घोषणा गरेका थिए, र २०६५ सालमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सम्वत्लाई राष्ट्रिय मान्यता दिने घोषणा गरेका थिए। काठमाडौँमा आज पनि नयाँ बही खाताको सुरुवात गर्ने परम्परा जीवित छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे