
काठमाडौं, २८ भदौ — देशमा नयाँ सरकार गठनसँगै राजनीतिक स्थायित्व र सामान्य जनजीवन पुनःस्थापित भएको छ। विभिन्न सहरमा लागू गरिएको कर्फ्यु र निषेधाज्ञा हटेसँगै सर्वसाधारण पुनः आफ्नो दैनिकीमा फर्किएका छन्।
जेनजी पुस्ताको नेतृत्वमा भएको ऐतिहासिक आन्दोलनपछिको सहमतिमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भएपछि देशभर उत्साहको वातावरण बनेको छ।
देशभर शान्ति सुरक्षा कायम रहँदा युवा पुस्तासहित सम्पूर्ण नागरिक समाजमा सकारात्मक ऊर्जा फैलिएको देखिन्छ। व्यापारी, पेशाकर्मी, मजदुरदेखि विद्यार्थीहरूसम्म आ–आफ्नो काममा फर्किएका छन्।
सरकारले दिएको संकेतअनुसार अबको प्राथमिकता शान्ति, सुशासन र पारदर्शिता कायम गर्दै आगामी ६ महिनाभित्र स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गर्नु हुनेछ।
स्रोतका अनुसार, सरकार कानुनी राज्यको अनुभूति दिलाउँदै भ्रष्टाचारमाथि कडा कारबाही गर्ने र सत्ता हस्तान्तरणको प्रक्रिया संविधानसम्मत ढंगले अघि बढाउने तयारीमा जुटेको छ।
सत्तामा रहेका नयाँ नेतृत्वप्रति युवापुस्ताले ठुलो भरोसा व्यक्त गरेका छन्। “देश अब सही ट्र्याकमा फर्किएको छ,” काठमाडौंका एक जेनजी अभियन्ताले भने, “भ्रष्टाचारको अन्त्य र जवाफदेहिता हाम्रो पहिलो एजेन्डा हो।”
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे