
काठमाडौँ — नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता देखिएपछि पुनः रकम तान्ने निर्णय गरेको छ। राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने जनाएको हो। यसका लागि दिउँसो ३ बजे बोलकबोल प्रक्रिया सञ्चालन गरिनेछ।
राष्ट्र बैंकका अनुसार निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम सीमा तोकिएको मापदण्डअनुसार प्रस्ताव पेश गर्न सक्नेछन्। बोलकबोल ब्याजदरमा आधारित हुनेछ र बहुब्याजदरका प्रस्तावहरू पनि स्वीकार गरिने व्यवस्था गरिएको छ।
निक्षेप संकलन उपकरणमार्फत सञ्चालन हुने यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। संकलित निक्षेपको साँवा तथा ब्याज भुक्तानी आगामी वैशाख ६ गते गरिने राष्ट्र बैंकले जनाएको छ।
बैंकिङ प्रणालीमा तरलता व्यवस्थापन तथा मौद्रिक सन्तुलन कायम गर्न राष्ट्र बैंकले यस्ता उपकरण प्रयोग गर्दै आएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे