
काठमाडौं। नयाँ वर्ष २०८२ तथा संस्थाको ७० औं वार्षिकोत्सवको सुखद अवसरमा नेपाल राष्ट्र बैंकले सम्पूर्ण नेपाली जनसमुदायप्रति हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेको छ।
राष्ट्र बैंकले जारी गरेको शुभकामना सन्देशमा समष्टिगत आर्थिक स्थायित्व कायम गर्दै अर्थतन्त्रको दिगो विकासमा योगदान पुर्याउने प्रतिबद्धता दोहोर्याएको छ। साथै, सुरक्षित तथा सक्षम भुक्तानी प्रणालीको सबलीकरण, आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण र व्यवस्थापन, वित्तीय सेवाको पहुँच विस्तार तथा वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वास अभिवृद्धि गर्न निरन्तर समर्पित रहने प्रतिबद्धता व्यक्त गरिएको छ।
सन्देशमा मुलुकले परिकल्पना गरेको आर्थिक विकासको लक्ष्य हासिल गर्न नेपाल राष्ट्र बैंकले प्रभावकारी भूमिका निर्वाह गर्ने दृढता पनि व्यक्त गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे