
काठमाडौँ, १७ भाद्र । नेपाल राष्ट्र बैंकले ४३ जनाको लागी खुल्ला प्रतियोगिताद्धारा पदपुर्तिको लागी दरखास्त आह्वान गरेको छ । केन्द्रिय बैक जनशक्ति ब्यवस्थापन विभागले आज एक सुचना प्रकाशित गर्दै अनलाइन दरखास्तको लागी सहायक निर्दैशक (प्रशासन), सहायक निर्दैशक (प्राविधिक) र सहायक प्रशासन को लागी जम्मा ४३ जनाको लागी दरखास्त माग गरेको हो ।
अनलाइन दरखास्त आजदेखि असोज १६ गतेससम्म आवेदन दिन सकिनेछ । तोकिएको दस्तुरमा असोज ६ गतेसम्म र दोब्बर दस्तुर तिरेर असोज १३ गतेसम्म अनलाईन दरखास्त पेश गर्नुपर्ने छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे