
काठमाडौं । बजारमा अत्यधिक तरलता बढेपछि नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट थप ९० अर्ब रुपैयाँ संकलन गर्ने भएको छ। यो कार्य आज दिउँसो ३ बजे हुने बोलकबोल (auction) प्रक्रियामार्फत सम्पन्न हुनेछ।
राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत ४२ दिनका लागि रकम उठाउने निर्णय गरेको हो। यस अवधिको सावाँ तथा ब्याज भुक्तानी आगामी मंसिर २१ गते हुनेछ। यसमा ब्याजदर पनि प्रतिस्पर्धात्मक बोलकबोल प्रणालीबाट निर्धारण गरिनेछ।
बोलकबोलमा सहभागी हुन पाउने न्यूनतम रकम १० करोड रूपैयाँ तोकिएको छ भने बढीमा पाँच करोड रूपैयाँले भाग गर्दा आउने निःशेष भागसम्मको रकममा बोल गर्न सकिने व्यवस्था गरिएको छ।
यो निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने छन्। राष्ट्र बैंकले हाल बजारमा तरलता अत्यधिक मात्रामा रहेकाले मौद्रिक सन्तुलन कायम गर्न यो कदम चालिएको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे