
काठमाडौं । विश्वको सबै भन्दा शान्तिप्रिय देशको सूचीमा नेपाल ७३ औं स्थानमा उक्लिएको छ ।ग्लोबल पिस इन्डेक्सले हालै सार्वजनिक गरेको सन् २०२२ को रिपोर्टमा नेपाल ७ स्थान सुधार गर्दै ७३ औं स्थानमा उक्लिएको हो ।
विश्वका १ सय ६३ स्वतन्त्र राष्ट्रको सार्वजनिक गरिएको तथ्यांकमा सबै भन्दा अशान्त देश अफगानिस्तान परेको छ । अशान्त देशहरुमा अफगानिस्तान पछि यमन दोस्रो स्थानमा र सिरिया तेस्रो रहेको छ ।
आइसल्याण्ड पहिलो शान्तिप्रिय देश बन्न सफल भएको छ ।दोस्रो स्थानमा न्यूजिल्यान्ड र तेस्रोमा आयरल्यान्ड रहेका छन्र । आइसल्यान्ड र न्यूजिल्यान्ड गत वर्ष पनि र दोस्रो स्थानमा रहेका थिए । शान्तिप्रिय देशमा डेनमार्क चौंथो, अस्ट्रिया पाँचौ, पोर्चुगल छैटौं, स्लोभानिया सातौं, चेक गणराज्य आठौं, सिङ्गापुर नवौं र जापान दशौं स्थानमा रहेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे