
भरतपुर, – नेपाल प्रहरी श्रीमती संघ र जिल्ला प्रहरी कार्यालय चितवनको सहकार्यमा एक विशेष कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रमको प्रमुख आतिथ्य नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले प्रदान गरे।
कार्यक्रमको एक भागको रूपमा, मानवसेवा आश्रम, भरतपुर, चितवनमा खाद्यान्न सामाग्री वितरण गरिएको थियो। यसैगरी, नेपाल प्रहरी श्रीमती संघले प्रविधी मैत्री शिक्षाका लागि बागमती प्रदेश प्रहरी विद्यालय, शान्तिपुर, चितवनलाई “Smart Board” वितरण गर्ने कार्यक्रम पनि सम्पन्न गरेको छ।
श्रीमती लक्ष्मी कुँवरले खाद्यान्न वितरण र स्मार्ट बोर्ड वितरण कार्यक्रमको महत्त्वको बारेमा टिप्पणी गर्दै, यसले समुदाय र शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पुर्याउने विश्वास व्यक्त गरिन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे