
काठमाडौँ, २७ चैत । नेपाली राष्ट्रिय क्रिकेट टिमले ट्वान्टी–२० विश्वकपअघि घरेलु मैदानमा टेस्ट राष्ट्र वेस्ट इन्डिजको ‘ए’ टोलीसँग क्रिकेट शृंखला खेल्ने भएको छ । अमेरिका र वेष्ट इण्डिजमा आगामी मेमा हुने आईसीसी टी–२० विश्वकपअगाडि वेष्ट इण्डिज ए ले नेपाल भ्रमण गर्न लागेको हो ।
सो टी(२० शृंखलामा ५ खेल हुने नेपाल क्रिकेट एशोसिएशन (क्यान)ले जानकारी दिएको छ । सबै ५ वटै खेल कीर्तिपुरस्थित टीयू मैदानमा हुनेछ । क्यानका अनुसार शृंखलाका लागि वेष्ट इण्डिज ए टोली नेपाल आउनेछ।
नेपाल–वेष्ट इण्डिज ए बीचको टी–२० शृंखला आगामी वैशाख १३ गते ९अप्रिल २५० मा शुरु भएर वैशाख २३ गते ९मे ५० सम्म चल्नेछ।
क्यानले वेष्ट इण्डिजका तीव्र गतिका पूर्व बलर रोडरिक अर्विल एस्टविकलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको सल्लाहकार बलिङ प्रशिक्षक नियुक्त गरेको थियो । त्यस्तै, क्यानले हिजो बेलुकी नै टी–२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक गरेको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे