
काठमाडौँ, २९ फागुन । आइसिसी विश्वकप लिग–२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा आफ्नो तेस्रो खेलमा नेपालले आज पपुवा न्युगिनी (पिएनजी) सँग खेल्दैछ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर नेपालले पहिले बलिङ गर्ने भएको छ।
आइतबार टिममा रहेका गुल्सन झाको स्थानमा करण केसीलाई पुनः टिममा फर्काइएको छ ।
नेपाली टिमः रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सोमपाल कामी, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, करण केसी र सन्दीप लामिछाने।
आइतबार यूएईविरुद्ध १७७ रनको कीर्तिमानी जित निकालेपछि नेपालले एकदिवसीय (ओडीआई) मान्यता अर्को चार वर्षको लागि जोगाइसकेको छ।
अब नेपालको लक्ष्य यस सिरिजका बाँकी दुवै खेल जितेर सोझै विश्वकप छनोटमा पुग्ने हो। यस लिगका शीर्ष तीन टिमले सोझै विश्वकप छनोट खेल्न पाउनेछन्।
लिग-२ को अंक तालिकामा ३४ खेलबाट १७ जितपछि ३६ अंकसहित नेपाल चौथो स्थानमा उक्लिएको छ। ३५ अंकसहित सबै खेल खेलेको अमेरिका पाँचौ स्थानमा झरेको छ।
यस लिगमा ५० अंकसहित स्कटल्याण्ड च्याम्पियन बनिसक्दा दोस्रो स्थानको ओमानको ४४ अंक छ। यी दुवै सोझै विश्वकप छनोटमा पुगिसकेका छन्।
३९ अंकसहित नामिबिया तेस्रो स्थानमा छ। यदि अबका दुवै खेल जितेमा ४० अंकका साथ नामिबियालाई पछि पार्दै नेपाल लिगको शीर्ष तीनभित्र पर्दै सोझै विश्वकपमा छनोट हुनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे