
काठमाडौं । नेपाल आयल निगम लिमिटेडले विभिन्न पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत स्थायी पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ। निगमले सूचना नं. ११/२०८२-८३ अन्तर्गत भदौ ६ गते (गोरखापत्रमा प्रकाशित) यस सम्बन्धी विज्ञापन सार्वजनिक गरेको हो।
विज्ञापनअनुसार इच्छुक योग्य नेपाली नागरिकले https://erecruitment.nepaloil.org.np/users/login मा गई अनलाइन दरखास्त फाराम पेश गर्न सक्नेछन्। आवेदन दिने समय सीमा विज्ञापन प्रकाशित मितिले २१ दिनभित्र रहनेछ भने दोब्बर दस्तुर तिरेर थप ७ दिनभित्र दरखास्त गर्न सकिनेछ।
उक्त पदका लागि सम्बन्धित विषयमा स्नातकोत्तर उत्तीर्ण हुनुका साथै नेपाल सरकार वा कुनै संगठित संस्थामा अधिकृत स्तरमा कम्तीमा पाँच वर्षको अनुभव आवश्यक हुने निगमले जनाएको छ।
दरखास्त फाराम भर्ने तरिका, दस्तुर, परीक्षा सञ्चालन, आवश्यक कागजात र अन्य विस्तृत विवरण निगमको आधिकारिक वेबसाइटमा प्रकाशित गरिएको सूचनामा उपलब्ध छ। इच्छुक उम्मेदवारलाई समयसीमा भित्र आवेदन दिन निगमले आग्रह गरेको छ।


सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे