
काठमाडौँ — बजारमा खाना पकाउने ग्यासको अभाव बढेपछि नेपाल आयल निगमले आफैं ग्यास वितरण सुरु गरेको छ। डिलरहरूमा ग्यास नपाइएको भन्दै उपभोक्ताहरूको बढ्दो गुनासोपछि निगमले टेकुस्थित आफ्नै कार्यालय परिसरमा काउन्टर स्थापना गरी प्रत्यक्ष बिक्री वितरण गर्ने व्यवस्था मिलाएको हो।
निगमका अनुसार विशेषगरी नेपाल ग्यास, एभरेष्ट ग्यास र सुगम ग्यास उपभोक्ताहरूले टेकुबाट ग्यास किन्न सक्नेछन्। बिक्री वितरण बिहान १० बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन हुने जानकारी निगमले दिएको छ। यस कदममार्फत बजारमा ग्यास अभावको समस्या केही हदसम्म नियन्त्रणमा आउने अपेक्षा गरिएको छ।
उपभोक्ताहरूलाई सहज पहुँच उपलब्ध गराउने र आवश्यकतानुसार ग्यास आपूर्ति सुनिश्चित गर्न निगमले यो प्रत्यक्ष वितरण कार्य शुरू गरेको हो। निगमले भविष्यमा पनि आवश्यक परेको अवस्थामा यस्तै कदम जारी राख्न सक्ने जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे